लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

सञ्जय मिश्रा,
रौतहट, २६ साउन । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।

 

मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा स्थानीय तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीका अनुसार बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका–२ लक्षमिनियाका शेख कमरे आलमका करिब १० वर्षीय छोरा मो। रमतुल्लाह, शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।

 

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ९ जना प्रहरी घटनास्थल पुगेका थिए। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको नेतृत्वमा ७ जनाको टोलीसमेत खोजी तथा उद्धारमा परिचालन भएको छ।

 

बेपत्ता बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं। ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा ९ सदस्यीय डुबान उद्धार ९डीएम० टोली रबर बोर्डसहित घटनास्थलमा पुगेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लाल बकैया नदीमा बेपत्ता बालबालिकाको खोजीलाई तीव्रता दिएको छ।

 

घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।