मोरङको लेटाङमा म्याजिकको ठक्करबाट ८३ वर्षीया वृद्धाको मृत्यु

लेटाङ, साउन २७ गते । मोरङको लेटाङ नगरपालिका–२ बुधबारेस्थित भित्री सडकखण्डमा म्याजिकले सिटी सफारीलाई ठक्कर दिँदा घाइते भएकी ८३ वर्षीया कौशिला देवी खतिवडाको मृत्यु भएको छ।

प्रहरीका अनुसार साउन २५ गते बिहान करिब १०ः३० बजे बेलबारीबाट लेटाङतर्फ आउँदै गरेको मे.१ च २२८२ नम्बरको म्याजिकले बाटो काट्दै गरेको प्र.१–०२–००४ ह ७८८० नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा सिटी सफारीमा सवार लेटाङ नगरपालिका–२ निवासी खतिवडाको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पताल लगिएको थियो।

चिकित्सकको सल्लाहअनुसार साउन २६ गते घर ल्याइएकी खतिवडाको साउन २७ गते बिहान करिब २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न म्याजिक चालक लेटाङ नगरपालिका–३ निवासी करिब ५० वर्षीय दिलकुमार राईलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖