झापा, सुनसरी र इलामबाट लागूऔषध सहित ९ जना पक्राउ

विराटनगर, साउन २८ गते । कोशी प्रदेशका झापा, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ का २३ वर्षीय मानजित करुवालाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

त्यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१९ बाट वडा प्रहरी कार्यालय धरानको टोलीले धरान–१० का १७ वर्षीय ईमन तेम्बे र धरान–११ की ३३ वर्षीया अमृत लिम्बुलाई ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले इनरुवा नगरपालिका–३ बाट इटहरी उपमहानगरपालिका–२० का ३१ वर्षीय दिपेन्द्र राईलाई ५ ग्राम ४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको संयुक्त टोलीले धरान–८ का २८ वर्षीय बुद्ध लिम्बु र सोही स्थानका २२ वर्षीय साइमन राईलाई प्रतिबन्धित औषधि ट्रामाडोल १७० क्याप्सुल, स्पास्पेन १७० चक्की र कोलिवान ५० पिससहित पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर, लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहारका १९ वर्षीय ईस्मत उल्हालाई ३०४ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यस्तै, इलामको चुलाचुली गाउँपालिका–३ बाट प्रहरी चौकी पेल्टिमारीको टोलीले सोही स्थानका २९ वर्षीय अमर राई र २४ वर्षीय विकास गिरीलाई ५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेका सबै जनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖