झापाको बुद्धशान्तिमा सर्पदंशबाट २० वर्षीया युवतीको मृत्यु
झापा, साउन २८ गते । झापाको बुद्धशान्ति गाउँपालिकामा सर्पदंशबाट एक युवतीको मृत्यु भएको छ।
बुद्धशान्ति गाउँपालिका–३ निवासी २० वर्षीया अनुसा राईलाई शनिबार बेलुका करिब ८ बजे गोमन सर्पले डसेको थियो। सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।
अस्पतालमा उपचार भइरहेको अवस्थामा राईको मृत्यु भएको जनाइएको छ। कक्षा १२ को पढाइ पूरा गरेकी राईको मृत्यु भएपछि परिवार तथा स्थानीय शोकमा परेका छन्।


