३१ ग्राम भन्दा बढी खैरो हेरोइन सहित दुई जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनपुरुवाबाट प्रहरीले ३१ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शंकास्पद अवस्थामा उनीहरूलाई फेला पारेको थियो।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–२ का २६ वर्षीय रोसन सार्की र सोही ठाउँका ३० वर्षीय ठग्गु राम डगौरा रहेका छन्।
उनीहरूलाई चेकजाँच गर्ने क्रममा ३१ ग्राम १० मिलिग्राम खैरो हेरोइन र से १ प ९३०१ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


