लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय भएका फरार कैदी पक्राउ
मकवानपुर । जेनजी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको साविक टिष्टुङ गाविस–३, हाल थाहा नगरपालिका–११ ठूलोठाडे बस्ने ६० वर्षीय मेक्सो लो रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौंले लोमाथि २०७७ माघ १८ गते ३ किलो लागुऔषध (अफिम) सहित पक्राउ गरेको थियो। सो मुद्दामा अदालतले उनलाई १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
अदालतको फैसलापछि कैद भुक्तान गरिरहेका लो जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए।
फरार रहेका उनलाई मकवानपुरको थाहा नगरपालिका–११ ठूलोठाडेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई पुनः कारागार चलान गरिएको छ।


