पहिरोले घर पुरिँदा दुई जना घाइते, एक बेपत्ता
बाजुरा — अविरल वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्। पहिरोले दुई वटा घरमा समेत क्षति पुर्याएको छ।
बेलुकीदेखि लगातार परेको वर्षाका कारण पहिरो खसेको हो। पहिरोमा परी त्रिवेणी नगरपालिका–९ ताम्सुका ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
पहिरोमा परी सोही घरपरिवारका दुई जना सामान्य घाइते भएका छन्। एक जना भने बेपत्ता रहेको जनाइएको छ।
बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीको टोली पहिरोस्थलमा पुगिसकेको छ। प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।


