सुनसरीमा भन्सार छलीका तीन लाख आठ हजार रुपैयाँ बराबरका कपडा बरामद
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बाट प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको अवैध लत्ताकपडा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ६ः१० बजे भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अन्दाजी ३ लाख ८ हजार रुपैयाँ बराबरको भन्सार छलीका लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा ल्याइएको र सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।


