मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित तौलिहवा–भैरहवा सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्।

बिमियाबाट पकडीतर्फ आउँदै गरेको लु ३३ प १५७७ नम्बरको डिस्कभर १२५ सीसी मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ६ जना ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नेशनल हेल्थ केयर सेन्टर पकडी, कपिलवस्तु पठाएको जनाएको छ।

घाइते हुनेमा साइकलयात्री मायादेवी गाउँपालिका–२ भैसकुण्डाका ५० वर्षीय रामऔतार लोध रहेका छन्। उनको ढाड, बायाँ हातको कुहिनो र काँधमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖