लागूऔषध सहित झापा र मोरङबाट २ जना पक्राउ

विराटनगर । झापा र मोरङबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

भदौ १ गते झापाको बिर्तामोड नगरपालिका–३ मा विशेष सूचनाका आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले भारत बिहार सुपौलका मोहमद तोहिदलाई पक्राउ गरेको हो। उनको साथबाट ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–१ का ४९ वर्षीय सुन्दर लाल चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारी र हरैचाबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको छ। उनको घरबाट ३ किलो ७६० ग्राम गाँजा र नगद २ लाख ७१ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।