दुई सातादेखि बेपत्ता तपस्या मृत फेला
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ की तपस्या वि.क. करिब दुई सातापछि मृत अवस्थामा फेला परेकी छन्।
घरबाट सम्पर्कविहीन भएकी उनको शव फेला परेको हो। शव पोस्टमार्टमका लागि बुर्तिबाङ लगिएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

