पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

माथिबाट निरन्तर पहिरो खसिरहेको हुँदा सडक खुलाउन तत्काल काम सुरु गर्न सकिएको छैन। पहिरोका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरीसहित ५ जनाको टोली खटिएको छ। टोलीले घटनास्थलको सुरक्षा व्यवस्थापन गर्दै सडक खुलाउने पहल गरिरहेको छ।

पहिरो हटाउन जेसीबी तयारी अवस्थामा राखिएको छ। पहिरो खस्न रोकिएलगत्तै सडक खुलाउने काम सुरु गरिने प्रहरीले जनाएको छ।

उक्त स्थान प्रहरी चौकी दोभानबाट करिब १ किलोमिटर दक्षिणतर्फ पर्छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी चालकलाई वैकल्पिक व्यवस्था अपनाउन र पहिरो प्रभावित क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।