गरिमा हत्या प्रकरण: मध्यरातमा ५ बुदेँ सहमति पछि रोकियो आन्दोलन

सञ्जय मिश्रा/
रौतहट, ५ भदौ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर हुँदै आएको आन्दोलन ५ बुँदे सहमतिपछि स्थगित भएको छ।

पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समिति बाराबीच बिहीबार राति पथलैयास्थित सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालयमा भएको वार्तामा ५ बुँदे सहमति जुटेको हो।

सहमति भएसँगै घटनाको विरोधमा पीडित परिवार तथा स्थानीयले गर्दै आएका सडक अवरोधसहितका चरणबद्ध आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ।
सहमतिको पहिलो बुँदामा पीडित परिवारलाई उचित राहत तथा रोजगारीको व्यवस्था गर्न स्थानीय तहसमेतको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गर्ने उल्लेख छ।

 

त्यस्तै, घटनामा संलग्न भएको आरोपमा हिरासतमा रहेका संदिग्धमाथि अनुसन्धानलाई निरन्तरता दिने र अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता पुष्टि भए उनीहरूलाई समेत प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने सहमति भएको छ।

जिल्लाको वर्तमान तथा भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषण र पुनरावलोकन गरी भरपर्दो तथा विश्वसनीय सुरक्षा वातावरण कायम गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने सहमति भएको छ।

वार्तामा इलाका प्रहरी कार्यालय सिमरामा उक्त समयमा कार्यरत रही घटनाको अनुसन्धान तथा खोजीका क्रममा लापरबाही गरेको देखिएका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने मागसमेत सम्बोधन गर्ने सहमति भएको छ।

यसैसँगै आन्दोलनरत पक्षले आजदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
गरिमा चौधरीको शव भदौ २ गते जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित एक खाली घरमा फेला परेको थियो। बालिकाको शव फेला परेपछि घटना बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

 

घटनापछि दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै पीडित परिवार, स्थानीय तथा विभिन्न पक्षले सडक अवरोधसहित प्रदर्शन र आन्दोलन गर्दै आएका थिए।

 

मध्यरातसम्म चलेको वार्तापछि पाँच बुँदे सहमति जुटेसँगै तत्कालका लागि आन्दोलन रोकिए पनि घटनाको अनुसन्धान र दोषीमाथिको कारबाहीलाई पीडित पक्षले नजिकबाट निगरानी गर्ने बताएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।