बाढीपछि धनकुटाकी रोबी राई रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाबाट सम्पर्कविहीन
धनकुटा । रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत आयोजनामा कार्यरत धनकुटाकी ३४ वर्षीया रोबी राई सम्पर्कविहीन भएकी छन्।
धनकुटा नगरपालिका–७ घर भएकी राई उक्त आयोजनामा Doosan Enerbility कम्पनीअन्तर्गत Logistics Officer का रूपमा कार्यरत रहेको परिवारले जनाएको छ।
बाढीपछि राईसँग सम्पर्क हुन नसकेको भन्दै परिवार तथा आफन्तले उनको खोजी तथा उद्धारका लागि सहयोग गरिदिन अपिल गरेका छन्।
राईलाई कसैले देखेको, भेटेको वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल परिवारका सदस्य ज्याक्सन राईलाई ९८०८७०१६१७ वा ९८४२२५५६७७ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरिएको छ।


