धनकुटाको पाख्रीबास नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ३० लाख २३ हजार रुपैयाँ सहयोग गर्ने

धनकुटा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि धनकुटाको पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६१४ रुपैयाँ सहयोग गर्ने भएको छ।

पाख्रीबास नगर कार्यपालिकाको भदौ १५ गते बसेको बैठकले बाढी प्रभावितका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरेको हो।

नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ, जनप्रतिनिधिको सेवा सुविधाबाट १ लाख ५३ हजार रुपैयाँ, नगरपालिकामा कार्यरत कर्मचारीको तलब स्केलबाट ६ लाख ४८ हजार ९४२ रुपैयाँ र नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब स्केलबाट १७ लाख २१ हजार ६७२ रुपैयाँ सहयोग गरिनेछ।

यसरी जम्मा हुने कुल रकम ३० लाख २३ हजार ६१४ रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले भोटेकोशी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै बाढीका कारण घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभ र पुनर्स्थापनाको कामना गरेको छ।

विपद्को विषम परिस्थितिमा मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।