धनकुटाका केही क्षेत्रमा आज विद्युत् सेवा अवरुद्द हुने
धनकुटा । जितपुर ३३/११ केभी हिले सबस्टेसनअन्तर्गतको जितपुर फिडरमा आवश्यक मर्मतसम्भार कार्य गर्नुपर्ने भएकाले आज मंगलबार विद्युत् सेवा बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हिलेदेखि महालक्ष्मी नगरपालिका तथा छथर जोरपाटी गाउँपालिकाका केही क्षेत्रमा जाने ११ केभी लाइनअन्तर्गत जोरपाटीदेखि सिधुवातर्फको लाइनमा मर्मतसम्भार गरिनेछ।
मर्मत कार्यका लागि बिहान ८ः२० बजेदेखि साँझ ५ः०० बजेसम्म महालक्ष्मी नगरपालिकाका सम्पूर्ण क्षेत्र तथा छथर जोरपाटी गाउँपालिकाका केही स्थानमा विद्युत् सेवा अवरुद्ध रहने प्राधिकरणले जनाएको छ।
निर्धारित समयभन्दा अगावै मर्मतसम्भार कार्य सम्पन्न भएमा विद्युत् सेवा पनि सोहीअनुसार चाँडै सुचारु गरिने प्राधिकरणले जनाएको छ।


