धनकुटाको पाख्रिबास स्थित जालपादेवी माबिका विद्यार्थीले गरे बाढीपीडितलाई ५ हजार ८६० रुपैयाँ सहयोग
धनकुटा । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ जाल्पादेवी माध्यमिक विद्यालय, पाख्रिबास–४, धनकुटाका कक्षा ११ र १२ का विद्यार्थीहरूले एक दिनको खाजा खर्च बराबरको रु. ५ हजार ८६० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारको सहयोगका लागि विद्यार्थीहरूले देखाएको मानवीय भावना र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूको यो सहयोगले विपद्मा परेका परिवारप्रति ऐक्यबद्धता र सहयोगको भावना थप बलियो बनाएको विद्यालयले जनाएको छ।


