धनकुटामा १५ किलो ७३ ग्राम गाँजा सहित तीन जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट १५ किलो ७३ ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार बिहान करिब ७ बजे कोशी लोकमार्गअन्तर्गत भेडेटार चोकमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २८ प ७२७७ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक साँगुरीगढी गाउँपालिका–४ ज्यामिरेका ४४ वर्षीय भीमबहादुर लिम्बु र मोटरसाइकलमा पछाडि सवार सोही गाउँपालिका–फाक्सिबका २३ वर्षीय सागर लिम्बुको साथबाट दुईवटा कालो प्लास्टिकमा प्याक गरी झोलामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, सोही दिशातर्फ जाँदै गरेको प्र.१–०२–५८ प ६०९९ नम्बरको मोटरसाइकल पनि रोकी जाँच गर्ने क्रममा साँगुरीगढी–४ ज्यामिरेका २३ वर्षीय वीरबहादुर लिम्बु पक्राउ परेका छन्।

प्रहरीले दुवै मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएको थियो। बरामद गाँजा नापतौल गर्दा १५ किलो ७३ ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।