धनकुटाको पाख्रिबास स्थित जालपादेबी माबिका बिद्यार्थीले गरे बाढीपीडितका लागि एक दिनको खाजा खर्च बराबरको सहयोग

धनकुटा । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ धनकुटाको पाख्रिबास–४ स्थित जालपादेबी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन्।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले आफ्नो एक दिनको खाजा खर्च बराबरको रकम संकलन गरी ४ हजार ६५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट रकम छुट्याएर सहयोग गरेका हुन्। सानै उमेरमा विपद्मा परेका नागरिकप्रति सहयोग र मानवीय भावना देखाउँदै विद्यार्थीहरूले गरेको यो पहल सराहनीय रहेको विद्यालयले जनाएको छ।

विद्यालयले बाढीपीडितको सहयोगका लागि आफ्नो तर्फबाट योगदान गर्ने विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यस कार्यमा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।