धनकुटामा बोलेरो र अटो ठोक्किँदा पाख्रिबासका दुई जना घाइते

धनकुटा । धनकुटामा बोलेरो र अटो एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

धनकुटा नगरपालिका–१० पात्ले खोला स्थित कोशी लोकमार्गमा शुक्रबार बिहान करिब १०ः२० बजे दुर्घटना भएको हो। धरानबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज ३०८२ नम्बरको बोलेरो र विपरीत दिशाबाट धरानतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–००१ ह ०१५३ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा अटो चालक धनकुटाको पाख्रीबास नगरपालिका–२ ओख्रे निवासी ४६ वर्षीय प्रेमकुमार मगर गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको साथै सोही स्थानकी २६ वर्षीया रुपा मगर पनि घाइते भएकी छन्। उनको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ। बोलेरोमा सवार सबै सकुशल रहेका छन्।

बोलेरो चालक भोजपुरको षडानन्द नगरपालिका–११ का ३३ वर्षीय प्रकाश तामाङ रहेका छन्। दुर्घटनामा संलग्न दुवै सवारीसाधन जिल्ला प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।