अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकस्थित भित्री सडकमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो।
अटोको ठक्करबाट टाउको र अनुहारमा चोट लागेका बालकलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको थियो।
लुम्बिनी सिटी अस्पताल, बुटवलमा उपचारका क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले अटो र चालक ३४ वर्षीया रुपा विकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


