सुनसरीको रामधुनी स्थित चाम्लिङ होटल एण्ड लजबाट १६ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित चाम्लिङ होटल एण्ड लजबाट १६ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

शुक्रबार बिहान करिब ११ बजे होटलमा लागूऔषध ब्राउन सुगर बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ का ५२ वर्षीय मोजामिल अन्सारी र चाम्लिङ होटल एण्ड लज सञ्चालक रामधुनी नगरपालिका–५ की ४९ वर्षीया मनिता राई रहेका छन्।

प्रहरीले होटलमा खानतलासी गर्ने क्रममा मनिता राईले लुकाएर राखेको अवस्थामा १६ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।