पाँचथरमा ब्रेक फेल भएर अटो दुर्घटना, एक जना घाइते
पाँचथर । पाँचथरको काबेली प्रहरी चौकी नजिकै ब्रेक फेल भएर अटो दुर्घटना हुँदा एक जना घाइते भएकी छन्।
याङवरक–थर्पुबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–००२ ह २४६२ नम्बरको अटो शुक्रबार दुर्घटनामा परेको हो। अटोमा चालकसहित चार जना सवार थिए।
दुर्घटनामा सीता लिम्बू घाइते भएकी छन्। उनको अवस्था सामान्य रहेको र थप उपचारका लागि एम्बुलेन्समार्फत फिदिम लैजाने तयारी भइरहेको काबेली प्रहरी चौकीका इन्चार्ज रमेश पन्तले जानकारी दिनुभयो।
अटोमा सवार अन्य यात्रुहरू भने सामान्य रहेको प्रहरीले जनाएको छ।


