निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा रमेश बस्नेत निर्वाचित

धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा रमेश बस्नेत निर्वाचित भएका छन्। महालक्ष्मी कन्ट्रक्सनका बस्नेतले ४८ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी यज्ञबहादुर राईलाई १५ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। राईले ३३ मत प्राप्त गरे।

संघको प्रथम उपाध्यक्षमा दिल निर्माण सेवाका दिलकुमार राई ४९ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी अस्मी एण्ड अमिसा कन्स्ट्रक्सनका मनोजकुमार राईले ३३ मत पाए।

द्वितीय उपाध्यक्षमा साइमन कन्स्ट्रक्सनका सरन तामाङ ४८ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी श्याम कन्स्ट्रक्सनका गणेश गुरुङले ३३ मत प्राप्त गरे।

महासचिवमा इस्ट विएन कन्स्ट्रक्सनका बलदीप राई र सचिवमा कास्टिङ कन्स्ट्रक्सनका चन्द्रसिंह नेम्वाङ निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, कोषाध्यक्षमा राई निर्माण सेवाका सुवास राई ५६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी टी एण्ड टी बन्धु कन्स्ट्रक्सनका टंकबहादुर राईले २५ मत प्राप्त गरे।

सह–कोषाध्यक्षमा वि.वि. कन्स्ट्रक्सनका दिनेश राई निर्विरोध निर्वाचित भएका छन्।

संघको सदस्यमा अविनाश श्रेष्ठ, विष्णु पौडेल, राजकुमार कार्की, लक्ष्मण विश्वकर्मा, सुवन श्रेष्ठ, सुवास तामाङ र सुन्दर तामाङ निर्विरोध निर्वाचित भएका छन्।

शनिबारदेखि सुरु भएको अधिवेशनमा पदाधिकारीका चार पदमा सहमति हुन नसकेपछि आइतबार मतदानमार्फत निर्वाचन टुंग्याइएको निर्वाचन समिति संयोजक खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।

संघमा कुल ९६ मतदाता रहेकामा निर्वाचनमा ८२ मत खसेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।