उत्तरपानी युवा क्लबद्वारा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई भोजन

धनकुटा । धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा रहेका असहाय तथा ज्येष्ठ नागरिकलाई कृष्ण जन्माष्टमीको अवसरमा पाख्रीबास नगरपालिका–९, उत्तरपानीका उत्तरपानी युवा क्लबले एक छाक भोजन गराएका छन्।

आफ्ना स्वर्गीय मातापिता तथा पुर्खाको सम्झनामा युवा क्लबले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भोजन गराएका हुन्।

उत्तरपानी युवा क्लबका अध्यक्ष तथा वडा सदस्य पहलमान घिसिङले वि.सं. २०७० सालदेखि प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका दिन वृद्धाश्रममा भोजन गराउँदै आएको बताउनुभयो। उहाँका अनुसार यस वर्षसँगै यो सेवाले निरन्तरता पाएको १७ वर्ष पुगेको छ।

समाजसेवाको भावनाले सुरु गरिएको यस अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने उहाँले बताउनुभयो।

यसैगरी, पाख्रीबास नगरपालिका–९ का वडा अध्यक्ष सम्झना आले, उत्तरपानी धर्मशाला सामुदायिक होमस्टे सञ्चालन समितिका अध्यक्ष दिलु तामाङ, उपाध्यक्ष रामज्योति योन्जनसहित लक्ष्मी तामाङ, इन्द्रावती तामाङ र मनमाया तामाङले आश्रममा रहेका ज्येष्ठ नागरिकलाई जुस, बिस्कुट तथा पानी वितरण गर्नुभएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।