बाढीपहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित, यात्रा गर्दा पूर्वजानकारी लिन प्रहरीको आग्रह

काठमाडौं, २३ भदौ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज सोमबार बिहान ६:४० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

प्रहरीको अद्यावधिक जानकारी अनुसार काठमाडौँबाट धादिङतर्फ जाने मार्गको चन्द्रागिरि नगरपालिका–२, चिसापानी क्षेत्रमा खसेको पहिरो हटाइएकाले अहिले सो सडक खण्ड एकतर्फी रूपमा सुचारु भएको छ। तर, बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा भने सवारी सञ्चालनमा रोक लगाइएको छ। सो क्षेत्रमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्मको समयमा परिस्थितिको मूल्याङ्कन गरेर मात्र सवारी साधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

यस्तै रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि देशका अन्य मुख्य राजमार्गहरूमा पनि आवगमन प्रभावित रहेको छ।

यसैगरी शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा रात्रिकालीन समयमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी साधन चलाउन रोक लगाइएको छ। प्रहरीले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।