सल्यान पहिरोमा परी एकको मृत्यु, एक घाईते
सुर्खेत, २३ भदौ । सल्यान जिल्लामा गत राती पहिरोमा परि एक जनाको मृत्यू भएको छ भने एक जना घाईते भएका छन् ।
राप्ती राजमार्गअन्तर्गत खारखोला अरिङ्गाले फेदीमा गएको पहिरोमा परी त्रिवेणी गाउँपालिका वडा नं. ३ का १७ वर्षीय मदन पुनको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी दिपक पातलीले जानकारी दिए ।
उनका अनुसार उक्त पहिरोमा परि १८ पर्षका सुनिल थापा घाईते भएका थिए । उनको अवस्था अहिले समान्य रहेको तर उपचार भने जारी रहेको डिएसपी पातलीले जानकारी दिए ।

