फेवातालमा कायकिङ गर्ने क्रममा उदयपुरका २१ वर्षीय आयुष तामाङको डुबेर मृत्यु
पोखरा । फेवातालमा कायकिङ गर्ने क्रममा उदयपुरका २१ वर्षीय आयुष तामाङको डुबेर मृत्यु भएको छ।
तालबाराही मन्दिर पछाडिको क्षेत्रमा कायकिङ गर्ने क्रममा तामाङ डुबेर मृत्यु भएको हो।
मानिस डुबेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हेडक्वार्टर कालिका फेवा रेस्क्यु टावरबाट उद्धार टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोरसहितको विपद् उद्धार टोली आवश्यक उद्धार सामग्री लिएर खोज तथा उद्धारमा खटिएको थियो।
सशस्त्रको टोलीले खोजी गरेर उद्धार गरे पनि अस्पतालले मृत घोषणा गरेको छ।

