उर्लाबारीमा अचेत अवस्थामा भेटिएका युवकको उपचारका क्रममा मृत्यु
उर्लाबारी । मोरङको उर्लाबारी–३ नयाँ मंगलबारे बजारमा अचेत अवस्थामा भेटिएका ३७ वर्षीय सुमन गौतमको उपचारका क्रममा मृत्यु भएको छ।
आइतबार साँझ करिब ६ः२५ बजे अचेत अवस्थामा भेटिएका गौतमलाई प्रहरीले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे पुर्याएको थियो। अस्पतालले साँझ ६ः४० बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गौतम उर्लाबारी–२ डुम्रेका बासिन्दा हुन्। उनको शव हाल अस्पतालमै राखिएको छ। परिवार सम्पर्कमा आएपछि शव बुझाउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
यसअघि गौतमको पहिचान नखुलेका कारण उनलाई ‘बेवारिसे अवस्थामा भेटिएको’ भनी समाचार प्रकाशित भएको थियो। परिवारसँग सम्पर्क भएपछि उनको पहिचान खुलेको प्रहरीले जनाएको छ।

