धादिङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
धादिङ । थाक्रे गाउँपालिका–१ खयरघारीस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु भएको छ।
बुधबार बिहान करिब १०ः१० बजे गल्छीतर्फबाट काठमाडौं जाँदै गरेको बा.५७ प ४३२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको गल्छी गाउँपालिका–५ सागिने निवासी अन्दाजी ३३ वर्षीय मंगले भन्ने हरि तामाङ र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २२ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

