कोशीमा विभिन्न मुद्दाका १९ जना फरार प्रतिवादी पक्राउ
विराटनगर, भदौ २५ गते। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १९ जना प्रतिवादीलाई कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ।
अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न तथा कानून कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले परिचालित प्रहरी टोलीले भदौ २४ गते झापाबाट ४ जना, सुनसरीबाट ३ जना, मोरङबाट ११ जना र पाँचथरबाट १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएपछि फरार रहेका उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित कारागार पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका प्रतिवादीहरूबाट १० वर्ष कैद सजाय कार्यान्वयन हुनुका साथै २ लाख ५ हजार ३ सय ३७ रुपैयाँ जरिवाना समेत असुलउपर भएको प्रहरीले जनाएको छ।

