संविधान र जनअधिकारको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरू एक हुन प्रचण्डको अपिल

काठमाडौं, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानसभाबाट प्राप्त उपलब्धिलाई जनताको जीवनस्तरसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु आजको प्रमुख दायित्व भएको बताएका छन्।

संविधान दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले संविधानले परिकल्पना गरेको वास्तविक सामाजिक-आर्थिक रूपान्तरणका लागि सबै पक्षको एकताबद्ध प्रयासमा जोड दिएका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारलाई पछाडि फर्काउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै उनले संविधानका मूल्य-मान्यता र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए।

"राजनीतिक परिवर्तनलाई आर्थिक-सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ। संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ," शुभकामना सन्देशमा भनिएको छ।

संविधान केवल कानुनी दस्तावेज मात्र नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उल्लेख गर्दै उनले यसको सही कार्यान्वयनमै मुलुकको समृद्धि निर्भर रहने बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।