विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडाैं, ५ असाेज । विश्व शान्ति दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ मा संसारभर मनाइन्छ।  सन् २०२६ का लागि संयुक्त राष्ट्र सङ्घले तय गरेको आधिकारिक नारा 'शान्तिमा लगानी गरौँ – सबैका लागि, सबै ठाउँमा, हरेक दिन' रहेको छ।  यस नाराले शान्ति भन्ने कुरा भाषण वा राजनीतिक वार्तामा मात्र सीमित नभई नागरिकहरूले दैनिक जीवनमा गर्ने व्यवहार, आपसी संवाद, सद्भाव र सहकार्यबाट निर्माण हुन्छ भन्ने कुरामा जोड दिन्छ।

 

विश्व शान्ति दिवसकाे प्रमुख उद्देश्यमा अहिंसा र युद्धविराम रहेकाे छ। जसअनुसार विश्वभर चर्किएका सशस्त्र द्वन्द्वहरूलाई रोक्न २४ घण्टे विश्वव्यापी युद्धविरामको आह्वान गर्ने, दैनिक शान्तिदूतकाे रूपमा समाज, विद्यालय र समुदायमा भइरहेका साना तर प्रभावकारी शान्ति स्थापनाका प्रयासहरूलाई प्रवर्द्धन गर्ने र मानव अधिकार र न्यायका बारेमा पैरवी गर्ने, जसअनुसार मानव अधिकारको रक्षा गर्दै गरिबी, असमानता र विभेद अन्त्यका लागि सहकार्य बढाउने रहेकाे छ ।    

 

संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन् १९८१ मा शान्ति दिवस मनाउने निर्णय गरेको थियो, पहिलो पटक सन् १९८२ को सेप्टेम्बर तेस्रो मङ्गलबार पहिलो शान्ति दिवस मनाइएकाे थियो भने स्थायी रूपमा सन् २००१ मा संयुक्त राष्ट्र सङ्घले हरेक वर्षको सेप्टेम्बर २१ लाई स्थायी रूपमा विश्व शान्ति दिवस र अहिंसा/युद्धविराम दिवसका रूपमा मनाउने घोषणा गर्‍यो।   

 

हरेक वर्ष न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा रहेको "जापानी शान्ति घण्टा" बजाएर यस दिवसको शुभारम्भ गरिन्छ। यो घण्टा विश्वका ६० भन्दा बढी देशका बालबालिकाले दान गरेका सिक्काहरू पगालेर बनाइएको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।