संस्था विहीन साहित्यिक कार्यक्रम ‘कविता र चिया’ सम्पन्न

काठमाडौं । काठमाडौंको पाटनढोकास्थित घाँसा थकाली रेस्टुरेन्टको पुस्तकालय कक्षमा संस्था विहीन साहित्यिक कार्यक्रम ‘कविता र चिया’ सम्पन्न भएको छ ।

उपत्यकामा रहेका साहित्यिक सर्जकहरू स्वतःस्फूर्त रूपमा भेला भई आयोजना गरिएको कार्यक्रममा करिब दुई दर्जन कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए । प्रगतिवादी लेखिका लक्ष्मी माली र वरिष्ठ साहित्यकार स्नेह सायमीको अभिभावकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा असीम सागर, अमर बान्तु, राधिका कल्पित, चन्द्र मादेन आन्छन, श्याम सिंघक, मुक्तान फेवा, मनिषा गौचन, प्रज्वल अधिकारी, लक्ष्मी रुम्बा, केशव सिलवाल, चन्द्रवीर तुम्बापो, फुलमती, अर्जुन फुयाल, प्रकाश गुरागाई, अमरदीप सुनुवारलगायत साहित्यकारहरूले कविता तथा अन्य सिर्जना वाचन गरेका थिए ।

वाचन गरिएका सिर्जनामा देशभक्ति, क्रान्ति, शृंगार, वीर तथा करुण रसका रचनाहरू समेटिएका थिए । प्रत्येक सर्जकको प्रस्तुतीपछि सहभागीहरूबाट छोटो समीक्षात्मक टिप्पणीसमेत गरिएको थियो ।

परम्परागत साहित्यिक कार्यक्रममा देखिने औपचारिक आसन ग्रहण, भाषण तथा संस्थागत संरचनाभन्दा फरक ढंगले कार्यक्रम आयोजना गरिएको आयोजकहरूले बताएका छन् । कविता वाचनका क्रममा सहभागीहरू पूर्ण रूपमा सिर्जनामा केन्द्रित भएका कारण कार्यक्रम शान्त, आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

उपस्थित स्रष्टाहरूले संस्थागत ब्यानर र औपचारिकताबिना सिर्जनशील मनहरूबीचको सहकार्यमा सम्पन्न भएको ‘कविता र चिया’लाई साहित्यिक क्षेत्रको पृथक तथा उदाहरणीय कार्यक्रमका रूपमा चर्चा गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।