बालबालिकाको हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

रौतहट, ६ असोज । रौतहटमा ससाना बालबालिकालाई ललाई फकाई प्रलोभनमा पारेर उनीहरूले हातमा लगाएका चाँदीका बाला निकाल्ने गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीले सर्लाहीको मलंगवा नगरपालिका-३ का ४४ वर्षीय दिनेश साहलाई दुर्गा भगवती गाउँपालिका–३ मत्सरीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार मंगलबार बिहान स्थानीय राजेश पण्डितकी सात वर्षीय छोरा गुडु पण्डितलाई प्रलोभनमा पारी उनको हातमा रहेको चाँदीको बाला निकाल्दै गरेको अवस्थामा साहलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साह केही दिनअघि मत्सरीकै शंकर झाको घरमा भएको चोरी तथा लुटपाटको घटनामा समेत संलग्न रहेको हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ। उक्त विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमले घटनाको पुष्टी गर्दै थप अनुसन्धान भइरहेको बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।