जेन्जी आन्दोलनमा सुन्धारा केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ
काठमाडौं । जेन्जी आन्दोलनका क्रममा सुन्धारा केन्द्रीय कारागारबाट फरार भएका कैदी कोमलराज उपाध्याय पक्राउ परेका छन्।
कागेश्वरी मनोहरा नगरपालिका–७ का ४३ वर्षीय उपाध्याय ठगी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएका उनलाई प्रहरी प्रभाग काँडाघारीको टोलीले असोज ५ गते राति कागेश्वरी मनोहरा–७ स्थित पोखरीबाट पक्राउ गरेको हो।
आवश्यक प्रक्रिया पूरा गरी उनलाई पुनः सुन्धारा केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ।

