भरत दाहाललाई २४ घण्टाभित्र मिसिल सहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र मिसिलसहित उपस्थित गराउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले मंगलबार बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै सरकारका नाममा यस्तो आदेश दिएका हुन् । भरत दाहालको तर्फबाट डेनिका दाहाल निवेदक रहेको मुद्दाको पेसीमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, अधिवक्ताहरु युवराज कोइराला, शान्ति ढुंगाना, शुभाषसिंह धामी र निकेश धितालले बहस गरेका थिए ।

‘निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानको मिसिल र बन्दीसहित उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरुका नाममा यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नू,’ आदेशमा भनिएको छ ।

अमेरिकी मिडिया ग्रेजोनले प्रकाशित गरेको समाचार सेयर गरेको आरोपमा प्रहरीले दाहाललाई पक्राउ गरेको हो । समाचार सेयर गरेकै आधारमा पक्राउ गरिनुले नागरिकको मौलिक हकमाथि सरकारले प्रतिबन्ध लगाउन खोजेको भन्दै सर्वत्र विरोध भइरहेको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।