विश्व कल्याणको मार्गमा भगवान श्रीकृष्णको युगान्तकारी चिन्तन

तोमनाथ उप्रेती । भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ। परात्मा स्वरुप बासुदेव तिमी श्रीकृष्णका शरण पर तिमीलाई सबै पापको बन्धनबाट मुक्त गरिदिन्छु।वासुदेव संसारका सबै प्राणी आत्मा हुन्।जुन परमात्मासँग नित्य, युद्ध र अविनाशी छ।त्यसैले सबै आत्मा पनि अविनाशी छ।युद्ध र चेतना मात्र हो भनि बोध गरे सबै आफैमा छन्।आफू सबैमा छु भन्ने साक्षात्कार भएको अवस्थामा कसैका लागि कसैको शोक मोहमा फस्नु पर्दैन्।यसबाट मोक्ष प्राप्ती हुन्छ र यसका लागि शोक, लालसा,त्याग गरि भावनासँग मुक्त हुने भोग,योग,लालसा गरेमा अनित्य भोगबाट आशक्ति छुट्न गई भगवना भक्तिपूर्वक युक्त हुन्छ। भगवना अर्जुनको माध्यमबाट सबै साधकलाई दिनु भएको सन्देश पनि य िहो।जहाँ मात्रास्पर्श (प्राकृतिक अनित्य वस्तुमा ) आशक्ति छुटेर परमानन्दको प्राप्ति हुन्छ।

श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छनः
“यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत ।
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्” ।।

अर्थात जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ । जब जब संसारमा धर्मको हानी र अधर्मको वर्चस्व बढ्छ, तब तब भगवान आफ्नो दिव्य अवतार लिएर पृथ्वीमा अवतार ग्रहण गर्छन् र धर्मको पुनर्निर्माणको कार्य गर्छन्। यी वचनहरू भगवान श्री कृष्णको दिव्य उद्देश्यको स्पष्ट संकेत हुन्, जसमा उनले संसारको प्रत्येक युगमा अधर्मका विरुद्ध आफ्नो उपस्थिति सुनिश्चित गरेका छन्।

(तोमनाथ उप्रेती)

विश्व शान्ति र कल्याण मानव सभ्यताको आदर्श लक्ष्य हो, तर यसको स्थायी प्राप्ति भौतिक शक्ति, आर्थिक सम्पन्नता वा राजनीतिक सन्धिहरूबाट मात्र सम्भव हुँदैन। यसको आधार मानव हृदयको रूपान्तरण, आध्यात्मिक चेतना र नैतिक पुनर्जागरणमा निहित छ। यही मूल सत्यलाई भगवान श्रीकृष्णले भगवद्गीता मार्फत दार्शनिक र आध्यात्मिक दृष्टिमा स्पष्ट रूपमा प्रस्तुत गरेका छन्। गीता केवल युद्धभूमिको संवाद मात्र होइन; यो मानव अस्तित्वको गहिरो अर्थ, धर्मको मूलभूत स्वरूप र सार्वभौमिक कल्याणको आध्यात्मिक मार्गचित्र हो।श्रीकृष्णको दृष्टिकोण युगान्तकारी छ किनभने यसले आन्तरिक र बाह्य दुवै शान्तिको आधार एकैसाथ देखाउँछ। बाहिरी शान्ति भनेको समाज, राष्ट्र र विश्वस्तरमा हिंसा, द्वन्द्व र अन्यायको अन्त्य हो भने, भित्री शान्ति भनेको व्यक्तिगत मन, बुद्धि र चेतनामा उत्पन्न हुने समत्व र प्रसन्नता हो। कृष्णका अनुसार, बाहिरी शान्ति भित्री शान्तिको स्वाभाविक फल हो, र भित्री शान्ति आत्मज्ञान र निष्काम कर्मबाट प्राप्त हुन्छ।

धर्म र अधर्मका बीचको संघर्ष सधैं मानव इतिहासमा रहेको छ । जब धर्मको मन्दता र अधर्मको प्रभुत्व बढ्छ, त्यस समय समाजमा अशान्ति, अन्याय र भ्रष्टाचारको विस्तार हुन्छ । जब समाजमा धर्मको हानि र अधर्मको उत्थान हुन्छ, तब भगवान व्यक्तिगत रूपमा या आफ्नो दिव्य शक्तिको माध्यमबाट धर्मको पुनःस्थापना र अधर्मको नाशका लागि प्रकट हुन्छन्। कष्ट, युद्ध र विनाशका समयहरूमा भगवानको उपस्थिति केवल एक उपाय हो, जसले सत्य, न्याय र धार्मिकता पुनः बहाल गर्न मद्दत गर्दछ। कृष्णका अनुसार, धर्मको रक्षा गर्नु र अधर्मको नाश गर्नुले सम्पूर्ण समाजलाई सही मार्गमा हिँड्न प्रेरित गर्छ। यसले मनुष्यलाई आफ्नो कार्यमा दायित्व र नैतिकता पालन गर्न प्रेरित गर्दछ । अर्थात, जब संसारमा अधर्म र अन्याय बढ्नेछन्, भगवान स्वयं प्रकट भएर धर्मको पुनःस्थापना गर्नेछन् र संसारलाई सही मार्गमा ल्याउनेछन्।

जो पुरुष एकनाश बसेर चित्तलाई स्थिर गरेर कुनै पनि कुराको चिन्ता नगरि परब्रह्मालिन हुन्छ। उसका लागि धर्माधर्म,शुभाशुभ केहि नभई साक्षात्कार इश्वर मोक्ष तथा सत्यज्ञानको प्राप्ति हुन्छ । मानिसले सुखको असिम चाहना राख्द। तत्वदर्शी योगीहरुले जगतमा जति पदार्थ छन् तिनमा मन लगाउँदा जो तृप्ति र सुख मिल्दछ त्यो क्षणिक परिमाणी र अनित्य छ भन्ने कुरा देखाउँदछ। त्यसैले यी सबैबाट सुख पाउने अभिलासा छ । तर जो यी सबै जगतका पदार्थजन्य सृष्टि र नाराका कारण रुपमा छ त्यसमा नविन रुपमा आनान्दाभुती हुन्।त्यसलाई अनन्त र नित्य हुँदा उपदेयिता मुलुक मानिन्छ। गीतासार अनुसार जब जब धर्मको हानि हुन्छ, अधर्मको वृद्धि हुन्छ त्यस बेलामा मैले आफुलाई प्रकट गरेको हुन्छु ।जसको हृदय पवित्र छ उनीहरू धन्य छन् । किनभने उनीहरूले ईश्वरको ज्ञान प्राप्त गर्छन् ।जसरी उदाउंदो सूर्यले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त भ्रम निवारण हुनजान्छन् ।जसरी जीवात्माले यस शरीरमा कौमार्य, र्यौवन, र वार्धक्य प्राप्त गर्छ, त्यसै गरी उसले आफ्ना अन्य शरीर पनि प्राप्त गर्छ । यस विषयमा ज्ञानी मोहित हुंदैन ।जुन कार्य मेरो सेवाको रूपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ ।विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पनन हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ ।तर आत्म संयमवान मानिस रागद्वेषरहित भएर आफ्ना वशमा गरिएका इन्द्रियहरुद्वारा विषय भोग गर्दै अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्छ ।

श्रीमद्भागवत गीतामा श्री कृष्णले दिनुभएका दिव्य सन्देशहरु जीवन र जगत नियाल्ने अमूल्य रत्न हो । जसले मानवलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै भनेको छ ,मोह या सुख शान्तिको अधीनमा नपर्नु ,शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ,निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ,तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ,सधैँ ् सुखदुःखमा समान भाव हुनु ,अन्तस्करणमा समता राख्नु ,सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु, सबैमा ब्रह्मभाव हुनु ,सधैँ भगवानको स्मरण गर्दै आप्mनो कर्तव्यको पालना गर्नु ,सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ,विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ,यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु ,शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवानमा अर्पण गर्नु ,संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जान्नु ,सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ,जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ,जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ,भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु ।

श्रीमद्भागवत गीताले मनव जातीलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै जीवन जिउन सहज बनाएको छ । किन व्यर्थ चिन्ता गर्छौ? कोदेखि व्यर्थै डराउदछौ? तिमीलाई कसले मार्छ? आत्मा न जन्म लिन्छ न मर्छ।जे भयो, त्यो राम्रो भयो। जे हुँदैछ, त्यो राम्रै हुँदैछ। जे हुनेछ, त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर , वर्तमान चलिरहेको छ ,तिम्रो के गएको छ र तिमी रुन्छौ? तिमीले के लिएर आएका थियौ र तिमीले के हरायौ? तिमीले के पैदा गरेका थियौ र नाश भयो? तिमीले केही लिएर आएका थिएनौ। जे पायौ, यहीँबाट पायौ। जति दियौ, यहीं नै दियौ। खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आप्नो सम्झेर मग्न भैरहेका छौ। यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो।परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आप्mनो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ भन्ने दिव्य सन्देशहरु गीताले सिकाएको छ ।

मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ती रहित भएर कर्म गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।मनलाई बसमा राख्न सकिएन भने यसले स्वयं विरुद्ध शत्रुको व्यवहार गर्दछ ।मनुष्य आप्mनो विस्वासद्वारा निर्माण हुन्छ ।

भगवान श्री कृष्णले गीतामा देखाएको कर्मयोगको सन्देश हो— हामीले राम्रो गर्नु राम्रो हो भन्ने भाव लिई सक्दो राम्रो गर्नाका लागि इमान्दारिताका साथ कर्म नै पूजा हो भन्ने भावले, लगनशील भई स्वधर्म पालन गर्दै रहनुपर्छ । जे जस्तो फल मिल्दछ त्यो मेरै कर्मको फल हो भनी सहर्ष स्वीकार गरे जीवनको प्रत्येक पाइलामा सन्तुष्टि, शान्ति र आनन्दको अनुभूति मिल्नेछ । जीवन एउटा रमणीय उत्सव हुनेछ ।मानिसले भोग्ने सुख वा दुःख भनेको उसको आफ्नै कर्मको फल हो । जसरी हामीले विगतमा जे–जस्ता कर्म गर्दै आयौं त्यसैको फलको रूपमा अहिले सुख–दुःख भोग्दैछौं, त्यसरी नै अहिले हामी जे गर्दैछौं त्यसैको राम्रो–नराम्रो फल भविष्यमा भोग्नुपर्ने हुन्छ । हामी जे सोच्दछौं र जे गर्दछौं, त्यसैले हाम्रो भाग्य निर्माण गर्दछ । असल कर्म गर्नेको वर्तमान बेला बखत सुविधाको हिसाबले सम्पन्न नदेखिए तापनि सुखी र शान्त बन्छ नै । त्यसको भविष्य भने धेरै आनन्दमय हुनेछ । सबै कर्मको फल हुन्छ, फल नदिने कुनै कर्म हुँदैन ।

जब जब धर्मको हानि हुन्छ, अधर्मको वृद्धि हुन्छ त्यस बेलामा मैले आफुलाई प्रकट गरेको हुन्छु ।जसको हृदय पवित्र छ उनीहरू धन्य छन् । किनभने उनीहरूले ईश्वरको ज्ञान प्राप्त गर्छन् ।जसरी उदाउंदो सूर्यले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त भ्रम निवारण हुनजान्छन् ।जसरी जीवात्माले यस शरीरमा कौमार्य, र्यौवन, र वार्धक्य प्राप्त गर्छ, त्यसै गरी उसले आफ्ना अन्य शरीर पनि प्राप्त गर्छ । यस विषयमा ज्ञानी मोहित हुंदैन ।जुन कार्य मेरो सेवाको रूपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ ।विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पनन हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ ।तर आत्म संयमवान मानिस रागद्वेषरहित भएर आफ्ना वशमा गरिएका इन्द्रियहरुद्वारा विषय भोग गर्दै अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्छ ।

कर्मयोग, भक्तियोग तथा ज्ञानका विभिन्न अवस्थाहरूलाई सार्वजनिक प्रशासकहरुले आत्मिकरण गर्नु पर्दछ ।मानव जातीले भौतिक सुखको धेरै चहाना गर्दछ। तत्वदर्शी योगीहरूले जगतमा पदार्थहरू छन्, तिनमा मन लगाउँदा जो तृप्ति र सुख मिल्दछ, त्यो क्षणिक र परिमणि र अनित्य छ भन्ने देखिन्छ। सबै कुराबाट सुख पाउने अभिलाषा हुन्छ । तर, यी सबै संसारका पदार्थजन्य सृष्टि र नाशका कारण रूपमा छ। यसमा मनलाई संयुक्त गर्दा जुन सुख वा आनन्दको उदय हुन्छ, त्यो नाश हुँदैन र नित्य नविन रूपमा आनन्दको उदय हुन्छ । अनन्त र नित्य हुँदा उपादेयतामुलक मानिन्छ ।

कर्म गर्ने तर फलको आशा नगर्ने सोचले हामीहरु आप्mनो कर्मभूमिमा अगाडि बढ्नु पर्दछ। हामीले गर्ने प्रत्येक कार्यको साक्षी दृष्टा भगवान हुनुहुन्छ । त्यसैले असल काम गर लाभको लालसा र मोहमा नलाग, अनात्मरुपी भगवान प्राप्त गर्नका लागि आत्मारुपी देह त्याग र मोक्षको प्राप्ति सम्भव छ भन्ने कुरा भागवत गीताको दिव्य सन्देशलाई हामीले हरदम आत्मसाथ गर्नु पर्दछ । त्यसैले हामीले कम गर्दा फलको लोभ गर्ने नभई असल कर्ममा जोड दिनुपर्ने कुरामा भागवत गीताको दिव्य सन्देशले जोड दिन्छ ।भागवत गीतामा बताइएको कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई जीवनको उत्कृष्ट सन्देश मानी ग्रहण गर्नु पर्दछ ।

“न जायते म्रियते वा कदाचि-न्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे॥” (गीता २.२०)
“आत्मा न त जन्मिन्छ, न मर्छ; यो अजर, अमर, सनातन र शाश्वत हो, शरीर नष्ट हुँदा पनि नष्ट हुँदैन।”

यो ज्ञानले भय, लोभ र द्वेषको मूल कारण— मृत्यु र हानिको डर—लाई समाप्त गर्छ। जब मानिस यो सत्य बुझ्छ, ऊ आत्म–केन्द्रित आकाङ्क्षाबाट मुक्त भई व्यापक हिततर्फ उन्मुख हुन्छ।
विश्व कल्याणको सन्दर्भमा, श्रीकृष्णको दर्शन केवल वैयक्तिक मुक्ति वा मोक्षसम्म सीमित छैन। उनले स्पष्ट भनेका छन्—
“यदिदं कीर्तिं लभते पवित्रां लोकानां तु हितं मम।”
(यसको भावार्थ: जो कार्य संसारको कल्याणका लागि गरिन्छ, त्यो नै पवित्र र प्रिय हो।)

यस अर्थमा, व्यक्ति र राष्ट्र दुवैले आफ्नो शक्ति, स्रोत र ज्ञानलाई स्वार्थका लागि मात्र होइन, सम्पूर्ण मानव जातिको हितका लागि प्रयोग गर्नुपर्छ।

श्रीकृष्णको युगान्तकारी दृष्टिकोण विश्व शान्ति र कल्याणको लागि त्रिस्तम्भमा आधारित छ— आन्तरिक शान्तिका लागि आत्मज्ञान, सामाजिक शान्तिका लागि समदर्शन, र सार्वभौमिक कल्याणका लागि निष्काम कर्मयोग। यी शिक्षाहरू केवल दार्शनिक विचार मात्र होइन, व्यावहारिक नीति पनि हुन्। यदि व्यक्ति, समाज र राष्ट्रहरूले यी सिद्धान्तहरूलाई अपनाए, हिंसा, अन्याय र विभाजनको अन्धकार मेटिनेर विश्व स्थायी शान्ति र समृद्धितर्फ अगाडि बढ्नेछ।

भागवत गीताको दिव्य ज्ञानले असल आचरणको विकास गर्ने, सदाचार पालनामा सहयोग गर्ने , आप्mनो मनलाई नियन्त्रणमा राखेर काम गर्ने, तर फलको आशा नगर्ने,मान्यजनको सेवा तथा आदर सत्कार गर्ने,जस्तोसुकै कठिन परिस्थितिमा पनि संयमित भई कर्म गर्ने,आप्mनो कर्ममा विश्वास गर्ने,ज्ञानयोगको माध्यमबाट समाजमा अब्बल रूपमा ज्ञानी बनेर अरुलाई बाटो देखाउने कार्यमा सक्रिय हुने,सांसारिक मोहबाट टाढा रहने र कुनै कुरा पाउन नसकेको खण्डमा पश्चाताप नगर्ने आदि।

भागवत गीता को दिव्य ज्ञान, आध्यात्मिकता, नैतिकता, आचरण र सदाचार मानव समाजका लागि अमूल्य रत्नस्वरूप छन्। यी शिक्षाले सम्पूर्ण मानव जातिलाई विश्वास, करुणा र सद्भावको सूत्रमा बाँध्ने शक्ति प्रदान गर्छन्। सुशासन, प्रभावकारी सेवा र विकासका आधार यी नै मूल्यहरू हुन्, जसले जनविश्वासलाई दृढ बनाउँछन्। मानव हृदयमा सुप्त सद्भाव र सद्गुणलाई जागृत गर्दै गीता सन्देशले सुख, शान्ति र समृद्धितर्फको बाटो खोल्छ। यदि नागरिक चेतना, लोकतान्त्रिक मूल्य र प्रविधिको सकारात्मक प्रयोग यी नैतिक–आध्यात्मिक आधारसँग संयोजित हुन्छन् भने मानवता एक उच्च सभ्यताको चरणमा प्रवेश गर्नेछ, जहाँ व्यक्तिगत उन्नति र सामूहिक कल्याण एकसाथ फुल्नेछन्।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका कोष प्रमुख हुन् ।)

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।