बौद्द र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

सुर्खेत, ३० भदौ । हिन्दु र बाैद्ध धर्मावलम्वीको साझा धार्मिक स्थल हो काँक्रेविहार । काँक्रेविहार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ स्थित सानो पहाडी टाकुरोमा अवस्थित छ । 

काँक्रेविहार पहुँच मार्ग दयनीय भएको भएपनि यस क्षेत्रको अवलोकन गर्न वार्षिक रुपमा हजारौं धार्मिक पर्यटकहरु यहाँ आउने गर्दछन् ।

यो एक प्राचीन बौद्धविहारसमेत हो । १२औँ शताब्दीमा निर्माण भएको काँक्रेविहार विभिन्न अभिलेखहरू तथा उत्खननबाट प्राप्त मूर्तिहरूले यस स्थानलाई लिच्छवि र मल्लकालीन युगसँग जोडेको छ । यहाँ बुद्ध, अवलोकितेश्वर, तारादेवी र अन्य बौद्ध देव–देवीहरूका मूर्तिहरू अवस्थित छन् ।

शिखरशैलीमा निर्माण गरिएको विहारमा हिन्दु र बौद्ध संस्कृतिको संगम देख्न पाइन्छ । 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।