मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍यो सवारी लाइसेन्सका छपाइ

जनकपुरधाम, ७ गते । नेपाल सरकारबाट हुँदै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम मधेस प्रदेश सरकारले आफै गर्न सुरु गरेकाे छ । 

श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी मधेश सरकारले आफै लाइसेन्स छाप्ने काम सुरु गरेको जानकारी दिएकी छिन् । उनले भनिन्, ‘विगतमा लाइसेन्स छपाईको काम संघ सरकारले नै गर्दै आएकोमा यो आर्थिक वर्षदेखि मधेश सरकारले आफै छपाउन सुरु गरेको हो ।’ 

प्रदेशमा सबैभन्दा बढी राजश्व उठाउने कार्यालय नै यातायात कार्यालय रहेकाले यसको सेवा अझ प्रभावकारी तथा जनताबीच लोकप्रिय बनाउने उद्देश्यसहित नीति परिवर्तनको खोजीमा लागेको मन्त्री थापाले बताइन् । उनले जनताको घरदैलोमा लाइसेन्स पुर्‍याउने उद्देश्यले प्रदेशबाट छपाउने र जनता माझ कसरी पु¥याउने व्यवस्थापनको काम पनि अघि बढाइ सकिएको जानकारीसमेत दिइन् । 

मन्त्री थापाले लाइसेन्स छपाउने काम भर्खरै सुरु गरिएको भन्दै उनले पहिलो चरणमा तीन हजार ८१ वटा लाइसेन्स छपाइ भएर आएको छ, अब विस्तारै प्रदेशभरिका यातायात व्यवस्था कार्यालयका लाइसेँस प्रदेश सरकारले आफ्नै खर्चमा छपाउने छन् । उनले यातायात व्यवस्था कार्यालय जनकपुरधामका प्रमुखलाई उक्त कार्यालयका लागि छपाई गरएको लाइसेँसहरु पत्रकार सम्मेलनमै हस्तान्तरण गरेकी छिन् । 

मन्त्रालयका सचिव रंजित यादवले प्रदेश सरकारले आफै छपाउन लागेको लाइसेन्सको क्वालिटिमा कुनै फरक नहुने दाबी गरेका छन् । उनले पहिला पनि सुरक्षण मुद्रण केन्द्रमै लाइसेन्स छपाई हुने गरिएकोमा मधेस सरकारले समेत त्यहाँबाट नै छपाई रहेको जानकारी दिए । ‘अहिले केन्द्रीय कानुनमा संशोधन र प्रदेश सरकारले आफ्नो छुट्टै कानुन निर्माण गर्न नसकेको कारण त्यही सुरक्षण  मुद्रण विभागबाट छपाई भइरहेको छ, पछि प्रदेशका मुद्रणबाट छपाइ गरिने हो,’ उनले भने

मन्त्रालयले यातायात व्यवस्था कार्यालय जनकपुरधामका ९३२, वीरगञ्ज पर्साका एक हजार १७२, लहानका ४६०, बर्दिबासका ३०३, रौतहट कार्यालयका ११९, राजविराज कार्यालयका ५२, मलंगवा कार्यालयका ३२ र कलैया कार्यालयका ११ वटा लाइसेन्स छपाइ भएर आएको हो । 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।