विराटनगर स्थित एभरेष्टका शिक्षक–कर्मचारीलाई एआई तालिम

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरेको छ ।

समयानुकूल प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई थप प्रभावकारी ढंगबाट अध्यापन गराउने उद्देश्यले विद्यालयले तालिम आयोजना गरेको हो। तालिममा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउने शिक्षक–शिक्षीका तथा कर्मचारीहरूको सहभागिता थियो।

कम्प्युटर शिक्षाका विभिन्न कोर्स सञ्चालन गर्दै आएको एभरेष्टले कक्षा ३ देखि नै बेलायतको डिजी स्कुलको एनसीसी कोर्ससमेत सञ्चालन गर्दै आएको छ। प्रविधिमा भइरहेको तीव्र विकाससँगै शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन एआईका विभिन्न टुल्सको प्रयोगसम्बन्धी सीप प्रदान गरिएको हो।

तालिममा सहभागी शिक्षिका सुस्मिता कोइरालाले एआईका केही टुल्स आफूहरूले यसअघि पनि प्रयोग गर्दै आए पनि तालिमका क्रममा नयाँ टुल्स र तिनको प्रयोगबारे जानकारी प्राप्त भएको बताउनुभयो । एआईको प्रयोगबाट पाठ्यक्रममा समेटिएका विषयलाई विभिन्न परियोजना तथा सामग्रीका रूपमा तयार गरी विद्यार्थीलाई बुझाउन सहज हुने उहाँको भनाइ छ।

त्यस्तै, शिक्षिका एलिसा अधिकारीले एआई तालिमले दैनिक अध्यापनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले तालिमका क्रममा आफूले धेरै नयाँ कुरा सिक्ने अवसर पाएको बताउनुभयो ।

विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले शिक्षकलाई लेसन प्लान तयार गर्नेदेखि त्यसको प्रभावकारी कार्यान्वयनसम्म एआईको प्रयोग उपयोगी हुने विश्वास ब्यक्त गर्नुभयो । युगसापेक्ष प्रविधिको अधिकतम प्रयोग गर्दै शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ।

तालिमलाई माई सेकेण्ड टिचरका कप्युटर विज्ञान विज्ञ प्रतिक प्रधान नेतृत्वको १३ जनाको समूहले सहजिकरण गर्नुभएको हो भने १५० जना शिक्षक कर्मचारीले प्रशिक्षण लिनुभएको छ ।

हरेक कक्षाकोठामा इन्टरनेट र प्रोजेक्टरको व्यवस्था गरी ल्यापटपमार्फत अध्यापन गराउँदै आएको एभरेष्टले आगामी शैक्षिक सत्रदेखि हरेक कक्षा कोठामा स्मार्ट बोर्ड जडान गरि अध्यापन गराउने तयारी गरेको छ । ‘आगामी शैक्षिक सत्रदेखि प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड जडान गरिनेछ,’ प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो, ‘प्रविधिको विकाससँगै शिक्षण सिकाइलाई पनि प्रविधिमैत्री बनाउँदै लगिनेछ ।’

सूचना प्रविधिलाई प्राथमिकतामा राख्दै आएको एभरेष्टले यसै शैक्षिक सत्रदेखि काठमाडौं विश्वविद्यालयसँगको सम्बन्धनमा ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) को अध्यापनसमेत सुरु गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖