पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ, १० असोज । बागलुङको ताराखोलामा गएराति पहिरोले घर पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। ताराखोला गाउँपालिका–५ धम्मरस्थित घरमाथिबाट खसेको पहिरोमा पुरिएर ६९ वर्षीय मनबहादुर रोकाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाईँका अनुसार राति घरको पिँढीमा सुतिरहेका बेला माथिबाट अचानक खसेको पहिरोले पुरिएर रोकाको मृत्यु भएको हो।

उक्त घरमा मनबहादुर र उनका वृद्ध बुबा सल्ले रोका बस्दै आएका थिए। घटनाका बेला बुबा छोरीको घरमा गएकाले सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकका श्रीमती र छोराछोरी भने अर्कै घरमा बस्दै आएका थिए। पहिरो गएको खबर पाएलगत्तै पुगेको प्रहरी र स्थानीयको टोलीले शव बाहिर निकालेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram

संबन्धित


धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖