खाद्यवस्तुको गुणस्तरमा लापरबाही, वीरगञ्जका दुई उद्योगलाई २ लाख ५० हजार जरिवाना

रौतहट, १३ असोज। उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तर अनुगमनका क्रममा वीरगञ्जका दुई उद्योग कारबाहीमा परेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले अनुगमनका क्रममा कमजोरी भेटिएपछि दुई उद्योगलाई कुल २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले उपभोक्ता हित संरक्षण मञ्चको लिखित उजुरीका आधारमा महावीर एग्रो प्रोडक्ट प्रालि र स्विट मार्ट फुड प्रालिमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा आवश्यक कागजात तथा व्यवस्थापनमा कमजोरी देखिएपछि महावीर एग्रो प्रोडक्टलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।

त्यस्तै, स्विट मार्ट फुडको उत्पादनस्थलमा सरसफाइ तथा फोहोर व्यवस्थापन सन्तोषजनक नदेखिएपछि उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

प्रशासनले दुवै उद्योगलाई देखिएका कमजोरी तत्काल सुधार गर्न निर्देशन दिँदै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन समेत भनेको छ।

उपभोक्ताको स्वास्थ्य, अधिकार र खाद्यवस्तुको गुणस्तरमा सम्झौता हुन नदिन बजार तथा उद्योग क्षेत्रमा अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖