दीपक मनांगे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा

काठमाडौं, १३ असोज । ज्यान मुद्दामा अदालतले तोकेको सजाय पूरा गरी निस्किएको लामो समयपछि गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरूङ (दीपक मनाङे) नेपाली कांग्रेसको देउवा समूह प्रवेश गरेका छन्। मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा उनी प्रवेश भएका हुन्।

देउवा कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले मनाङेलाई पार्टी प्रवेश गराएका हुन् । सचिवालयका अनुसार उनलाई इतर समूहले महाधिवेशनका लागि मनाङको संयोजकको जिम्मेवारी दिएका छन्।

मनांगे पछिल्लो तीन चार महिनायता इतर समूहको राजनीतिमा क्रियाशील रहँदै आएका थिए । शेरबहादुर देउवा सिंगापुरबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा स्वागत गर्नेसम्मको सबै काम मनांगेले नै गरेका थिए । देउवाको स्वागतमा मोटरसाइकल जुलुस निकाल्ने योजना मनांगेले नै बनाएको नेता कार्यकर्ता बताउँछन् । 

मनांगे गत प्रदेश सभाको निर्वाचनमा मनाङबाट स्वतन्त्र विजयी भएका थिए । पछि उनी तत्कालीन एकीकृत समाजवादी प्रवेश गरेका थिए ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖