सम्भवतः आजैवाट मनसुन बाहिरिने
काठमाडाैं, १६ असाेज । नेपालबाट यस वर्षको मनसुन बाहिरिने औसत मिति अक्टोबर २ (असोज १६) परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिने यो औसत समय भएकाले केही दिन अघि वा पछि हुन सक्नेछ।
मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन देशबाट एकैपटक नभई पश्चिमी भूभागबाट क्रमैसँग हट्दै पूर्वी प्रदेशबाट पूर्ण रूपमा बाहिरिनेछ। हाल महाशाखाले यसको सूक्ष्म अनुगमन गरिरहेको र चाँडै औपचारिक बुलेटिन जारी गर्ने तयारीमा रहेको जनाएको छ।
यस वर्ष औसत मिति (जुन १३) भन्दा ६ दिन ढिला गरी जुन १९ (असार ५) मा भित्रिएको मनसुन जुन ३० मा देशव्यापी बनेको थियो। मनसुन बाहिरिएपछि नेपालमा दुई महिना (अक्टोबर र नोभेम्बर) 'पोस्ट-मनसुन' सिजन रहनेछ भने डिसेम्बरदेखि हिउँद (विन्टर) सुरु हुनेछ।

