आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज बन्द, मूल्य बढ्ने

काठमाडौं, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले सोमबारदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय गरेका छन् ।

इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले सोमबार एक विज्ञप्ति जारी गर्दै सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय भएको जनाएको छ ।
१२ वर्षमा इन्टरनेटको पहुँच र प्रभावमा नेपालले गरेको प्रगति गर्व गर्न लायक रहेको र फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा, दक्षिण एसियाको सस्तोमा पर्ने आइस्पानको दाबी छ ।

मूल्यवृद्धि, मध्यपूर्वको तनावले इन्धनको मूल्य आकाशिएको, फाइबरको मूल्य, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआईको तीव्र वृद्धिले गर्दा एक्कासि इलेक्ट्रोनिक र चीपसेटको मूल्य महंगिएको आइस्पानले जनाएको छ । यही कारणले आईएसपीहरूको सञ्चालन चल्न सकस भएको हुँदा हाल दिँदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू उपलब्ध गराउन नसक्ने आइस्पानले जनाएको छ ।

‘कोरोना कालदेखि भोटेकोशीको बाढीसम्म आइएसपीहरुले निरन्तर अतिआवश्यक इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। यसरी डिजिटल नेपालको सपनालाई सार्थक बनाउन अहोरात्र खटिररहनु भएका इन्टरनेट सेवा प्रदयाकहका सम्पूर्ण कर्मचारी साथीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

बिगतका वर्षहरुका मूल्यवृ‌द्धि, मध्यपूर्वको तनावले गर्दा चुलिएको इन्धनको मूल्य, आकाशिएको फाइबरको मूल्य, अत्याधिक मुद्रास्फीतिको अवस्था र आइएसपीको वृ‌द्धिले गर्दा एक्कासी महंगिएको इलेक्ट्रोनिक र चिपसेटको मूल्य एवं अन्य थुप्रै कारण र परिस्थिति समेतले गर्दा आइएसपीहरुको अपरेसनसमेत चल्न सकस भएको हुँदा आइएसपीहरुले दिंदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरु सोमबारदेखि उपलब्ध गराउन असमर्थ भएको बिनम्र अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖