धनकुटामा कार्तिक ९ देखि १४ गतेसम्म निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविर संचालन हुने

धनकुटा । धनकुटा अस्पतालमा आगामी कार्तिक ९ गतेदेखि १४ गतेसम्म निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। अलोहा मेडिकल मिशन, हवाई, अमेरिकाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको हो।

शिविर सञ्चालन तथा व्यवस्थापनका लागि रोशेष श्रेष्ठको संयोजकत्वमा ३१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। त्यस्तै, प्रतिनिधिसभा सदस्य राजेन्द्र राईको संयोजकत्वमा सल्लाहकार समिति तथा संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठको संयोजकत्वमा प्रशासनिक समन्वय समिति गठन गरिएको छ।

शिविरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न अनुगमन तथा निरीक्षण, आर्थिक संकलन तथा परिचालन, आवास तथा भोजन, अस्पताल तथा अपरेसन व्यवस्थापन, सूचना तथा प्रचारप्रसार, रक्तसञ्चार तथा एम्बुलेन्स, स्वयंसेवक परिचालन, सरसफाइ, सुरक्षा तथा यातायात लगायतका विभिन्न उपसमिति गठन गरिएको आयोजकले जनाएको छ।

शिविर सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन स्थानीय तह, विभिन्न संघसंस्था तथा दाताहरूसँग सहयोग माग्ने निर्णयसमेत गरिएको छ।
आर्थिक अभावका कारण लामो समयदेखि शल्यक्रिया गर्न नसकेका बिरामीलाई लक्षित गरी विदेशी चिकित्सकको टोलीले धनकुटा अस्पतालमा विभिन्न रोगको निःशुल्क शल्यक्रिया गर्ने सूचना तथा प्रचारप्रसार उपसमिति सहसंयोजक विदुर खवासले जानकारी दिए ।

अलोहा मेडिकल मिशनले यसअघि पनि धनकुटामा विभिन्न समयमा बृहत् स्वास्थ्य तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ। आगामी शिविरबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित बिरामीले प्रत्यक्ष लाभ लिन सक्ने मुल आयोजक समितीका संयोजक रोषेश श्रेष्ठले जानकारी दिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖