पाँचथरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा आमा–छोरा घाइते
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–१, यासोकमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा आमा–छोरा घाइते भएका छन्।
दुर्घटनामा ३१ वर्षीय नवराज थापा र उनकी ५७ वर्षीया आमा रणमाया थापा घाइते भएका हुन्।
घाइते दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल फिदिम पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।


