यि हुन् केराबारीको जंगलमा मृत फेला परेका विराटनगरका पिजफायर रेस्टुरेन्ट सञ्चालक
मोरङ । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्री मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ५१ वर्षीय खत्रीको शव शनिबार अपराह्न करिब साढे ३ बजे जंगलको बीचमा रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।
विराटनगर महानगरपालिका–३ निवासी खत्रीको मृत्युको कारण खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


