पिकअपमा माछाको आडमा पटका तस्करी, रौतहटका युवकसहित दुईजना प्रहरी नियन्त्रणमा

सञ्जय मिश्रा/

रौतहट, १० कार्तिक। माछा बोकेको पिकअपलाई पटका ओसार्ने माध्यम बनाएको खुलेको छ। बाराको पथलैया चेकपोइन्टमा प्रहरीले गरेको सवारी जाँचका क्रममा करिब ८० हजार रुपैयाँ मूल्यका विभिन्न प्रकारका पटका बरामद भएपछि रौतहटका एक युवकसहित दुई जना प्रहरी नियन्त्रणमा परेका छन्।

मंगलबार बिहान करिब ८ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोइन्टमा सिम्रौनगढबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको पिकअप जाँच गर्दा माछासँगै लुकाएर राखिएका पटका फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरी चौकी पथलैयाबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक युवराज दाहालको कमान्डमा खटिएको टोलीले पिकअपबाट सात प्रकारका ६४ डिब्बा पटका बरामद गरेको हो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रौतहटको राजपुर नगरपालिका–५ का २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ का २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको छ।

बरामद सामग्रीमा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिंगल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेले जारी गरेको विज्ञप्तिअनुसार बरामद पटाकाको अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको छ।
पर्वलक्षित कारोबारका क्रममा पटका ओसारपसार भइरहेको आशंकामा प्रहरीले बरामद सामग्री र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖